२०८३ अषाढ ३२, बिहिबार | Thu, 16, Jul, 2026

रेडियो भोटेओडारले मनायो १२ औँ वार्षिकोत्सव : रेडियोलाई सघाउने मेयर कोइरालाको प्रतिवद्धता

  • २०८० आश्विन ७, आईतबार मा प्रकाशित २ साल अघि
  • लमजुङ–लमजुङकोे सुन्दरबजार नगरपालिका ९ भोटेओडारमा रहेको रेडियो भोटेओडार ९०.८ मेगाहर्जले आफ्नो १२ औँ वार्षिकोत्सव तथा साधारण सभा मनाएको छ ।

    जागरण सामुदायिक सूचना तथा संचार सहकारी संस्था लिमिटेडद्धारा संचालित रेडियो भोटेओडारले शनिबार एक कार्यक्रमका बीच आफ्नो वार्षिकोत्सव एवं वार्षिक साधारण सभा मनाएको हो ।

    रेडियो भोटेओडारका अध्यक्ष हरिप्रसाद अधिकारीकोे अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रममा सुन्दरबजार नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख कोइरालाले रेडियोको समग्र पक्षको विकासमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

    विगतदेखी नै यस रेडियोलाई नगरपालिकाले सघाउँदै आएकोमा अबका दिनमा पनि रेडियोसंगकोे आपसी सहकार्य, समन्वय निरन्तर रुपमा हुने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । अर्को प्रसंगमा उहाँले घरगाउँमै स्वरोजगार सिर्जना गर्नका लागि नगरपालिकाले विभिन्न योजना, कार्यक्रम अघि बढाएको उल्लेख गर्नुभयो ।

    कार्यक्रमको अवसरमा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै रेडियो भोेटेओडारका अध्यक्ष हरिप्रसाद अधिकारीले रेडियोको प्रमुख काम श्रोता वृद्धि रहेकाले श्रोता वृद्धिका लागि आधुनिक प्रविधिको उच्चतम उपयोग गर्ने र प्रसारण सामग्रीलाई ‘भिडियोलाइज्ड’ बनाउने योजना रहेको बताउनुभयो ।

    संंचारकर्मीलाई एउटा छुट्टै कोषको व्यवस्था गरेर संचयकोष, उपदान, दशैँ खर्च र बीमाको व्यवस्था गर्दै लैजाने योजना रहेको उहाँको भनाइ छ । यस्तै, सकारात्मक संचारमार्फत समाज रुपान्तरणको आफुहरुको अभियान जारी रहेको र यसमा साथ, सहयोग पुर्याउने सम्पूर्ण शेयर सदस्य, विज्ञापनदाता र शुभेच्छुकहरुबाट थप सहयोग र सहकार्यको अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

    रेडियो भोटेओडारका वरिष्ठ उपाध्यक्ष नाराययणबहादुर कुवँरले स्वागत गर्नुभएको कार्यक्रममा नेकपा माओवादी केन्द्र, सुन्दरबजार नगर कमिटिका सचिव धु्रव विक, ब्रोडकास्टिङ एशोसियसन अफ नेपालका सचिव किरण पाण्डे, हातेमालो मूल आमा समूहका अध्यक्ष मनु पन्त खत्री, रेडियोका शेयर सदस्य ध्रवबहादुर कुवँर, गिरिन्द्र अधिकारी, किरण कुवँर, रामहरि न्यौपाने, कृषि तथा भेटेरिनरी सहकारी संस्थाका अध्यक्ष हरिप्रसाद रेग्मी, रेडियोका स्टेशन म्यानेजर रुद्रहरि ढकाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको हो ।

    कार्यक्रमकै अवसरमा साहित्यकार लक्ष्मीप्रसाद मिश्र, रेडियोका शेयर सदस्य एवं श्रष्टाहरु सूर्यप्रसाद सापकोटा, मिनप्रसाद ढकाल, होत्रीराज ढकाल, नारायणप्रसाद ढकालले आफ्ना साहित्य सिर्जना वाचन गर्नुभएको थियो ।

    नेपाली कांग्रेस सुन्दरबजार नगर कार्य समितिका सचिव अमोल खनाल, नेपाल पत्रकार महासंघ, लमजुङका अध्यक्ष परमेश्वर अधिकारी, रेडियोका कोषाध्यक्ष एवं भक्ति आदर्श क्याम्पसका अध्यक्ष डम्बरबहादुर कार्की, सुन्दरबजार नगरपालिका ८ का वडाअध्यक्ष बिजेन्द्र थापा, सिर्जनात्मक साकोसका अध्यक्ष रामजी कडेँल लगायत विभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधि, शेयर सदस्यहरुको उलेख्य उपस्थिती रहेकोे थियो ।

    रेडियोका सचिव भीम बहादुर कार्कीले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमकोे सञ्चालन रेडियो भोटेओडारका समाचार प्रमुख श्यामशितल परियारले गर्नुभएको हो ।

    यस रेडियो बिहान ५ : ३० बजेदेखी राती १० : ०० बजेसम्म नियमित प्रशारण हुँदै आएको छ । रेडियोले स्थापनकालदेखी नै स्थानीय समाचार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचारका साथै कृषि, स्वास्थ्य, शिक्षाका साथै विभिन्न पालिकाहरुको गतिविधि समेटिएका विभिन्न कार्यक्रम पनि उत्पादन–प्रशारण गर्दै आएको छ ।
    भावी दिनहरुमा सबैको राय, सल्लाह र सुझावका आधारमा परिष्कृत ढंगले विभिन्न रेडियो सामग्री उत्पादन–प्रशारण गर्ने रेडियोले प्रतिवद्धता व्यक्त गरेको छ ।

    प्रतिक्रिया दिनुहोस