२०८३ अषाढ ३२, बिहिबार | Thu, 16, Jul, 2026

धमिलिकुवामा नगरस्तरीय तीज गीत प्रतियोगिता आयोजना : म्हेन्दो तामाङ समाज प्रथम

  • २०८० आश्विन २, मंगलबार मा प्रकाशित २ साल अघि
  • लमजुङ–राइनास नगरस्तरीय खुल्ला तीज गीत प्रतियोगितामा राइनास नगरपालिका–३ मा रहेको म्हेन्दोे तामाङ समाज प्रथम भएको छ ।
    लमजुङको राइनास नगरपालिका–६ धमिलिकुवास्थित गौलीटार क्षेत्रीय खेल मैदानमा तीजको अवसरमा सोमबार आयोजित नगरस्तरीय खुला तीज गीत प्रतियोगितामा म्हेन्दोे तामाङ समाज प्रथम भएको हो ।

    मार्गदर्शन बहुउद्धेश्यीय सहकारी संस्थाका शिक्षा उप–समितिका संयोजक विजया कडारियाका अनुसार शिवशक्ति आमा समूह राइनास नगरपालिका–८ द्धितीया, नेबोेटे आमा समूह राइनास नगरपालिका–५ तृतीया र महारुद्र आमा समूह राइनास नगरपालिका–६ र पाँच भाइ एकता आमा समूह राइनास नगरपालिका–६ सान्त्वना भएका छन् ।

    प्रतियोगितामा प्रथम हुने समूहलाई नगद २० हजार, प्रमाणपत्र, द्धितीया हुनेलाई नगद १५ हजार, प्रमाणपत्र, तृतीया हुनेलाई नगद १० हजार, प्रमाणपत्र र सान्त्वना हुने दुई समूहलाई नगद ५\५ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा राइनास नगरक्षेत्रका ३२ समूह सहभागि थिए ।


    प्रतियोगितामा सहभागी टिमले देश, समाजका समसामयिक विषयवस्तुमा केन्द्रीत रहेर गीत, नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा झण्डै २ हजार पाँच सय हाराहारीमा दर्शक–श्रोता उपस्थित रहेका थिए ।

    राइनास नगरपालिका वडा नं ६ को आयोजना, राइनास नगरपालिकाको समन्वय र मार्गदर्शन महिला बहुउद्धेश्यीय सहकारी संस्थाको व्यवस्थापनमा तीज गीत प्रतियोगिता सञ्चालन गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस