
लमजुङ–लमजुङको राइनास नगरपालिका–६ धमिलिकुवास्थित गौलीटार क्षेत्रीय खेल मैदानमा नगरस्तरीय खुला तीज गीत प्रतियोगिता सञ्चालन गरिएको छ । राइनास नगरपालिका वडा नं ६ को आयोजना, राइनास नगरपालिकाको समन्वय र मार्गदर्शन महिला बहुउद्धेश्यीय सहकारी संस्थाको व्यवस्थापनमा सोमबार तीज गीत प्रतियोगिता सञ्चालन गरिएको हो ।
वडाअध्यक्ष गोविन्द चिलवालको अध्यक्षता एवं राइनास नगरपालिकाका प्रमुख खड्गबहादुर गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा राइनास नगरपालिका क्षेत्रका ३२ टिम सहभागी थिए । सहभागी टिमले देश, समाजका समसामयिक विषयवस्तुमा केन्द्रीत रहेर गीत, नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा झण्डै २ हजार पाँच सय हाराहारीमा दर्शक\श्रोता उपस्थित रहेका मार्गदर्शन बहुउद्धेश्यीय सहकारी संस्थाका शिक्षा उप–समितिका संयोजक विजया कडारियाले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा प्रथम हुने समूहलाई नगद २० हजार प्रमाणपत्र, द्धितीया हुनेलाई नगद १५ हजार प्रमाणपत्र, तृतीया हुनेलाई नगद १० हजार प्रमाणपत्र र सान्त्वना हुने दुई समूहलाई नगद ५\५ हजार र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस