२०८३ अषाढ ३२, बिहिबार | Thu, 16, Jul, 2026

लमजुङमा बिपी जयन्ती एवं तीज विशेष कार्यक्रम हुँदै : मुख्यमन्त्री पाण्डेको प्रमुख आतिथ्यता रहने

  • २०८० भाद्र २०, बुधबार मा प्रकाशित २ साल अघि
  • लमजुङ-लमजुङको सुन्दरबजार नगरपालिका-९ पैह्रेस्थित सिर्जनशील तमू आमा समूहको भवनमा ‘बिपी जयन्ती एवं तीज विशेष कार्यक्रम’ सञ्चालन हुने भएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति, लमजुङको आयोजनामा एक सय १० औँ बिपी जयन्ती एवं नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा यही भाद्र २४ गते आइतबार ‘बिपी जयन्ती एवं तीज विशेष कार्यक्रम’ सञ्चालन गर्न लागिएको नेपाली कांग्रेस लमजुङका सचिव कृष्णबहादुर अधिकारीले जानकारी दिनुभयो ।

    कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यता रहने उहाँले बताउनुभयो । कार्यक्रममा उपस्थितीका लागि नेपाली कांग्रेसका सम्पूर्ण महिला दिदीबहिनी एवं पार्टीका नेता तथा कार्यकर्तालाई अनुरोध गरिएको उहाँले बताउनुभयो । कार्यक्रमको आवश्यक तयारी तीव्र पारिएको लमजुङ कांग्रेसले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस