२०८३ भाद्र १४, आईतबार | Sun, 30, Aug, 2026

लमजुङमा कांग्रेसको ‘विशेष आन्तरिक अभियान’ : जनताको मन जित्ने गरी काम गरेमा कांग्रेस झनै बलियो हुन्छ’

  • २०८० श्रावण २९, सोमबार मा प्रकाशित ३ साल अघि
  • नेपाली कांग्रेसका नेता शोभियतबहादुर अधिकारीले कांग्रेस अझै बलियो रहेको बताउनुभएको छ । सुन्दरबजार नगरपालिका–६ मा रहेको नारायणस्थान मन्दिर परिसरमा नेपाली सुन्दरबजार नगर कार्य समितिद्धारा आयोजित ‘नेपाली कांग्रेसको विशेष आन्तरिक अभियान एवं वृहत कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै नेता अधिकारीले यस्तो बताउनुभएको होे ।
    छुट्टै इतिहास बोकेको नेपाली कांग्रेसलाई थप बलियो बनाउनका लागि सबै नेता तथा कार्यकर्ता एकजुट भएर जनताको मन जित्ने गरी काम गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ ।
    पार्टी केन्द्रीय कार्य समितिको निर्णयअनुसार देशभरी यो अयिभान सञ्चालन भइरहेको बताउँदै अभियान सञ्चालनका लागि लमजुङमा केन्द्रीय प्रतिनिधिको रुपमा खटिनुभएका नेता अधिकारीले पार्टीका नेता तथा कार्यकर्तालाई थप सक्रिय बनाउन, पार्टीको मूल्य, मान्यता, मर्म, मान्यता आम जनता र कार्यकर्तामाझ पुर्याउने उद्धेश्यका साथ यो अभियान सञ्चालन भएको उल्लेख गर्नुभयो ।

    नेपाली कांग्रेस सुन्दरबजार नगर कार्य समितिका उप–सभापति चन्द्रकुमारी गुरुङले स्वागत गर्नुभएको कार्यक्रममा नेपाली कांग्रेस लमजुङका सभापति एवं गण्डकी प्रदेश सभा सदस्य डाक्टर टकराज गुरुङ, नेपाली कांग्रेस लमजुङका पूर्व पार्टी सभापति एवं गण्डकी प्रदेश सभा सदस्य भेषबहादुर पौडेल, नेपाली कांग्रेस लमजुङका पूर्व पार्टी सभापति एवं सुन्दरबजार नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद कोइराला, गण्डकी प्रदेश सभा सदस्य पार्वती तामाङ, नेपाली कांग्रेस गण्डकी प्रदेशका संगठन विभाग प्रमुख हरि बराल, नेपाली कांग्रेस लमजुङका उप–सभापति आनन्द घिमिरे, नेपाली कांग्रेस लमजुङका नेता गमप्रसाद गुरुङ लगायत पालिका तथा जिल्लास्तरका नेताहरुको उपस्थिती रहेको थियो ।
    कार्यक्रममा बोल्दै उहाँहरुले कांग्रेसको मूल्य–मान्यता, नीति–निर्देशनुसार पार्टीलाई थप बलियो बनाउन भातृ र सुभेच्छुक संस्थाहरुसंग समन्वय गर्दै विभिन्न कार्यक्रमहरु लिएर जनतामाझ पुग्न आफुहरु सदैव प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ ।

    कार्यक्रमकै अवसरमा नेपाली कांग्रेस लमजुङका सचिव कृष्णबहादुर अधिकारीले जिल्लामा साउन २६ गते बेसीशहर नगरभेला, साउन २७ गते मध्यनेपाल नगरभेला, साउन २८ गते राइनास नगर भेला र साउन २९ गते सुन्दरबजार नगर भेला सञ्चालन गरिएको जानकारी गराउनुभयो ।
    पार्टी कार्यकर्ताको उलेख्य सहभागिता रहेको कार्यक्रममा बोल्दै कार्यकर्ताहरुले पार्टीभित्र देखिएका कमी–कमजोरीलाई हटाउँदै सबै एक आपसमा समन्वय गरी जनतामाझ पुगी उनीहरुको हितमा काम गर्नुपर्ने र यसले पार्टीलाई मजवुत बनाउन टेवा पुर्याउने धारणा राखेका थिए ।
    नेपाली कांग्रेस सुन्दरबजार नगर कार्य समितिका सभापति प्रकाश सेढाइँको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस सुन्दरबजार नगर कार्य समितिका सचिव अमोल खनालले गर्नुभएको हो ।

     

    लेखकको बारेमा

  • एक दशक बढी समयदेखी रेडियो, टेलिभिजन र अनलाइन पत्रकारितामा निरन्तर क्रियाशिल श्यामशितल समुन्नति अनलाइनका लागि प्रधान सम्पादक हुनुहुन्छ ।

    लेखकबाट थप
  • प्रतिक्रिया दिनुहोस