२०८३ अषाढ ३२, बिहिबार | Thu, 16, Jul, 2026

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान : आज दिनभर झरी पर्ने

  • २०८३ अषाढ २९, सोमबार मा प्रकाशित ३ दिन अघि
  • देशका धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा अहिले पनि हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।

    पछिल्लो तीनघण्टामा सिन्धुलीको दुधौलीमा सबैभन्दा धेरै पानी परेको छ । धेरै ठाउँमा आज दिनभर झरी पर्ने र केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडका थोरै ठाउँमा तथा मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई र लुम्बिनी प्रदेशको पहाड र हिमालका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

    आज राति, भोलि र पर्सि पनि ठूलो वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस