
लमजुङ-लमजुङको दोर्दी गाउँपालिका–४ नौथरा शेरामा ‘पालिकास्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम’ संचालन गरिएको छ । महिला आपसी सहयोग केन्द्र भारते र टेवाको साझेदारीमा कार्यक्रम भएको हो ।
सामुदायिक सुरक्षा जालो तथा महिला आन्दोलनको सुदृढीकरण दोस्रो चरण अन्तर्गत पालिकास्तरीय सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय नागरिक, जनप्रतिनिधि तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

टेवाका कार्यक्रम संयोजक रुपा उदासले सार्वजनिक सुनुवाइले पारदर्शिता, जवाफदेहिता र जनविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाद्वारा सञ्चालित विभिन्न योजना, सेवा प्रवाह तथा विकास निर्माणका गतिविधिबारे जानकारी प्रस्तुत गरिएको थियो ।
स्थानीय बासिन्दाले शिक्षा, स्वास्थ्य, प्राकृतिक विपद् न्यूनिकरणमा भएका प्रयास लगायतका विषयमा केन्द्रीत रहेर जिज्ञासाहरु राखेका थिए । जनप्रतिनिधिहरूले सहभागिबाट उठेका प्रश्नहरूको जवाफ दिँदै सेवा सुधारका लागि प्रतिबद्धता व्यक्त गरका थिए ।
कार्यक्रममा महिला सहभागिता उल्लेख्य रहेको थियो । उनीहरूले लैङ्गिक समानता, महिला सशक्तीकरण र हिंसा न्यूनीकरणका विषयमा आफ्ना धारणा राखेका थिए ।

सहभागीहरुबाट उठेका प्रश्नहरुको जवाफ दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी, प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्ले, दोर्दी गाउँपालिकाका कार्यपालिका सदस्य एवं सामाजिक विकास समितिका संयोजक अम्बिका मरहट्ठा, स्वास्थ्य शाखा प्रमुख आइतमान गुरुङ लगायतले दिनुभएको थियो ।
महिला आपसी सहयोग केन्द्र भारतेकी अध्यक्ष बिमला भुजेलको अध्यक्षतामा कार्यक्रम भएको हो ।
समितिका सचिव डिलमाया गुरुङले स्वागत गर्नुभएको कार्यक्रममा दोर्दी गाउँपालिका वडा नं १ का वडाअध्यक्ष लक्ष्मीपसाद अधिकारी, वडा नं ४ का वडाअध्यक्ष मिनबहादुर गुरुङ, महिला आपसी सहयोग केन्द्र भारतेकी पूर्व अध्यक्ष एवं सल्लाहकार सावित्रा अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको संचालन पत्रकार श्यामशितल परियारले गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस