
लमजुङ-नेपाली कांग्रेसले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि लमजुङमा कांग्रेस नेता गमप्रसाद गुरुङलाई उम्मेदवार बनाएको छ ।
गुरुङ शैक्षिक, बौद्धिक र शालिन नेताका रुपमा परिचित हुनुहुन्छ ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ । त्यसअघि राजनीतिक दलहरूले धमाधम उम्मेदवारको टुंगो लगाइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस