२०८३ भाद्र १४, आईतबार | Sun, 30, Aug, 2026

लमजुङ र तनहुँ जोड्ने मानेचौका पुलमा अटो दुर्घटना : ७ जना घाइते, एकको अवस्था सामान्य

  • २०८२ माघ ४, आईतबार मा प्रकाशित ७ महिना अघि
  • लमजुङ-लमजुङको सुन्दरबजार नगरपालिका र तनहुँको भानु नगरपालिका जोड्ने पाउँदी खोलाको मोटरेवल पुलमा तीन पांग्रे अटो रिक्सा दुर्घटना भएको छ ।

    आज मध्यान्ह १२ बजे लमजुङको सुन्दरबजारबाट तनहुँको भानु नगरपालिका मानेचौका जाँदै गरेको ग १ ह ६० नम्बरकोे अटो रिक्सा अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ ।

    अटोमा चालकसहित ७ जना सवार थिए । दुर्घटनापछि सबै घाइतेलाई तत्काल उद्धार गरी लमजुङको सुन्दरबजारस्थित एचडिसिएस–नमूना सामुदायिक अस्पताल पुर्याइएको थियो ।

    अस्पतालका प्रमुख हेमन्त श्रेष्ठका अनुसार अटो चालक सुनिल वि.क.को अवस्था सामान्य छ । अन्य ६ जना घाइतेहरुलाई थप उपचारका लागि चितवन सीएमसी रिफर गरिएको छ ।

    दुर्घटनामा घाइते हुनेहरुमा ५० वर्षे सावित्रा वि.क., ७ वर्षे दिक्षण वि.क., ३९ वर्षे सरस्वती वि.क., ४५ वर्षे लक्ष्मी वि.क., २ वर्षे प्रभात गुरुङ र ३६ बर्षिया जुना गुरुङ रहेका छन् ।

    अटो चालकलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।

    प्रतिक्रिया दिनुहोस