
लमजुङ-लमजुङको राइनास नगरपालिका–६ धमिलिकुवास्थित गौलीटार क्षेत्रीय खेलमैदानमा माघ १ गतेदेखि सुरु हुने पाँचौं राइनास कप खुला फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएकोे छ ।
गौलीटार क्षेत्रीय खेल मैदान समितिको आयोजना र राइनास नगरपालिकाको प्रवद्र्धमा संचालन हुन लागेको राइनास कपको आवश्यक तयारी अघि बढाइएको क्लवका वरिष्ठ उपाध्यक्ष सरोज तामाङ(लिला)ले जानकारी दिनुभयो ।
गौलिटार क्षेत्रीय खेलमैदान समितिका अध्यक्ष टकेन्द्रनाथ चिलुवालले पाँचौ राइनास कपका विजेताले पुरस्कारस्वरुप पाँच लाख रुपैयाँ पाउने उल्लेख गर्नुभयो । प्रतियोगिताको उपविजेता तथा द्धितीय हुने टिमले २ लाख ५० हजार रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताका सर्वोउत्कृष्ट गोलरक्षक, सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले जनही १५ हजार रपैयाँ र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।
आयोजक समितिले यसअघि बेसीशहरमा पत्रकार भेटघाट कार्यक्रम गरी प्रतियोगिताबारे विस्तृत जानकारी गराइसकेको छ ।
प्रतियोगिता १२ टिममा सीमित गरिएको र सहभागिताका लागि यहि पुस २५ गते सम्म टिम दर्ता मिति र टिम दर्ता शुल्क १५ हजार रुपैयाँ तोकिएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस