लमजुङ–लमजुङको सुन्दरबजार नगरपालिका–६, मा रहेको मानव विकास तथा सामुदायिक सेवा (एचडिसिएस)–नमूना सामुदायिक अस्पतालले प्रभावकारी रुपमा स्वास्थ्य सेवा प्रवाह गर्दै आएको छ ।
गाउँठाउँमै सहज र सर्वसुलभ रुपमा गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध हुँदा अस्पतालमा सेवाग्राहीको संख्या पनि बढ्दै गइरहेको छ ।
यस्तै, अस्पताललले आफ्ना नियमित स्वास्थ्य सेवा प्रवाहका साथै समुदाय स्तरमा पनि थुपै्र स्वास्थ्य सेवा एवं सचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो ।
‘अस्पतालमा हाम्रा नियमित स्वास्थ्य सेवा प्रवाह भइरहेका छन् । समुदायसम्मै पुगेर अन्य थुपै्र स्वास्थ्य सेवा एवं सचेतनामुलक कार्यक्रमहरु पनि संचालन गर्दै आएका छौँ,’ उहाँले भन्नुभयो ।
‘उपलब्ध श्रोत–साधनको उच्चतम् प्रयोग गरी सुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा हामी सदैव समर्पित छौँ । सोही अनुसार हामी अघि बढेका छौँ,’ अस्पतालका प्रमुख श्रेष्ठले अघि भन्नुभयो ।
४८ हजार बढिलाई स्वास्थ्य सेवा
अस्पतालका अनुसार यस अस्पतालमा लमजुङसहित तनहुँ, गोरखा लगायतका विभिन्न ठाउँमा मानिसहरु स्वास्थ्य उपचारका लागि यहाँसम्म आउँछन् ।अस्पतालका अनुसार पछिल्ला तीन वर्षमा अस्पतालबाट ४८ हजार ८ सय ५० जनाले बहिरसंग स्वास्थ्य सेवा लिएका छन् ।
अस्पतालमा अन्तरंग सेवा, आकस्मिक सेवा, नि : शुल्क सेवा , ल्याब सेवा, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, ई.सि.जी. सेवा, पि.एफ.टि. सेवा, प्रसुती सेवा, दन्त सेवा, खोप सेवा, मनोविमर्श सेवा, शल्यक्रिया सेवा, फिजियो थेरापी र आँखा उपचार सेवा लिनेको संख्या पनि उच्च छ ।
२२ हजार आठ सय ५६ जनालाई निःशुल्क स्वास्थ्य सेवा
अस्पतालबाट ‘निःशुल्क स्वास्थ्य सेवा कार्यक्रम’ अन्तर्गत २२ हजार आठ सय ५६ जनालाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको पनि अस्पतालका प्रमुख श्रेष्ठले उल्लेख गर्नुभयो । उहाँका अनुसार यो सेवा पाउनेमा १३ हजार चार सय ५३ महिला र ९ हजार चार सय ३ जना पुरुष रहेका छन् ।
आर्थिक अवस्था कमजोर भएका, दुरदराजका नागरिकसम्म सरल, सहज रुपमा स्वास्थ्य सेवाको पहुँच पुर्याउने आफुहरुको उद्धेश्यअनुसार निःशुल्क रुपमा स्वास्थ्य सेवा पनि अस्पतालले प्रदान गर्दै आएको उहाँले बताउनुभयो ।

एक दशक बढी समयदेखी रेडियो, टेलिभिजन र अनलाइन पत्रकारितामा निरन्तर क्रियाशिल श्यामशितल समुन्नति अनलाइनका लागि प्रधान सम्पादक हुनुहुन्छ ।
लेखकबाट थप
प्रतिक्रिया दिनुहोस