२०८३ आश्विन ३०, शुक्रबार | Fri, 16, Oct, 2026

मनाइयो १३ औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस

  • २०८२ पौष १७, बिहिबार मा प्रकाशित ९ महिना अघि
  • विभिन्न युवा संस्थाको आयोजनामा १३ औँ राष्ट्रिय पोशाक एवम् टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ ।

    ‘नेपाली टोपी : हाम्रो पहिचान’ भन्ने नाराका साथ गएको १३ वर्षदेखि यो दिवस मनाउन थालिएको हो । नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न २०७० सालदेखि राष्ट्रिय पोशाक एवम् टोपी दिवस मनाउन थालिएको हो ।

    दिवसका अवसरमा धेरैले राष्ट्रिय पोशाक लगाएको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् । विगतमा राष्ट्रिय पोशाकका रूपमा मनाइने प्रचलनलाई औपचारिक रुपमा हटाइएपछि युवाहरूले स्वस्फूर्त रूपमा यो अभियान शुरू गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस


    ↑