२०८३ भाद्र १४, आईतबार | Sun, 30, Aug, 2026

सभ्य सिर्जन युवा क्लव राइनासको अध्यक्षमा नवराज तामाङ : सामाजिक सेवामा जुट्न आग्रह

  • २०८२ पौष ६, आईतबार मा प्रकाशित ८ महिना अघि
  • लमजुङ–लमजुङको राइनास नगरपालिका–६ मा रहेको सभ्य सिर्जन युवा क्लवको अध्यक्षमा नवराज नवराज तामाङ चयन हुनुभएको छ ।

    सभ्य सिर्जन युवा क्लवका अध्यक्ष सरोज तामाङ (लिला)को अध्यक्षतामा शनिबार बसेको भेलाले नवराज तामाङको नेतृत्वमा नयाँ समिति गठन गरेको होे ।

    समितिको उपाध्यक्षमा विवश लामा, सचिवमा दिवश तामाङ, हरि वि.क., कोषाध्यक्षमा यशोधा सारु मगर, सदस्यहरुमा कृष्णा घिमिरे, विपना तामाङ, मिनकुमारी तामाङ, सपना तामाङ, राजेन्द्र वि.क. र कपिल खड्का रहनुभएको छ ।

    क्लवले स्थापनाकालदेखी नै खेलकुद क्षेत्रका साथै सामाजिक सेवामा जुट्दै आएको र आगामी दिनमा पनि यस कार्यलाई अघि बढाउन निवर्तमान अध्यक्ष सरोज तामाङ (लिला)ले नव गठित समितिलाई आग्रह गर्नुभएको छ ।

    प्रतिक्रिया दिनुहोस