
लमजुङ–लमजुङको बेसीशहर नगरपालिका–११, रामचोकबेसीमा खुला ‘सेभेन ए साइड फुटबल प्रतियोगिता’ संचालन हुने भएको छ । माघी पर्वको अवसरमा स्थानीय समाजसेवा युवा क्लवको आयोजनामा फुटबल प्रतियोगिताका साथै विविध मनोरञ्जनात्मक कार्यक्रम हुने संचालन हुने क्लवका अध्यक्ष एलेक्स भुजेलले समुन्नती अनलाइनलाई जानकारी दिनुभयो ।
मौलिक संस्कृतिका संरक्षणका साथै स्थानीय युवालाई सिर्जनात्मक र रचनात्मक कार्यमा जोड्न उनीहरुमा सामाजिक सेवाका भावना विकास गराउन माघी पर्वको अवसरमा खेलकुद प्रतियोगिता एवं सांस्कृतिक कार्यक्रम संचालन गर्न लागिएको अध्यक्ष भुजेलले बताउनुभयो ।
उहाँका अनुसार फुटबल खेल उद्घाटन पौष २९ गते हुनेछ । खेल मालेबगर खेल मैदानमा हुनेछ ।
प्रतियोगितामा विजेता फुटबल समूहले नगद एक लाख रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले नगद पचास हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
साथमा नृत्य प्रतियोगिता, घैंटो फुटाइ प्रतियोगिता, छेलो हान्ने प्रतियोगिता, बेलुन फुटाइ प्रतियोगिता लगायतका विविध कार्यक्रम हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस