
लमजुङ–इन्टरनेशनल बुद्ध युथ क्लवका अध्यक्षमा सुन्दरबजार नगरपालिका-९ भोटेओडार फूलबारी घर भइ हाल बेलायतमा रहनुभएका राजकुमार सुनार (राज–शान्ति) चयन हुनुभएको छ ।
लमजुङको सुन्दरबजार नगरपालिकास्थित भोटेओडारमा क्रियाशिल बुद्ध यथ क्लवले परदेशमा रहेका युवाहरुलाई समेट्ने गरी सुनारको अध्यक्षतामा इन्टरनेशनल बुद्ध युथ क्लव गठन गरेको हो ।
स्वदेश/विदेशमा छरिएर रहेका स्थानीय युवाहरु क्लवमा एकताबद्ध भई खेल क्षेत्रका साथै सामाजिक सेवाका क्षेत्रमा निरन्तर जुटिरहने इन्टरनेशनल बुद्ध युथ क्लवका अध्यक्ष सुनारले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
गएको कार्तिक २४ गते सोमबार (नोभेम्बर १० तारिख)का दिन लमजुङ राजशान्तिको अध्यक्षमा इन्टरनेशनल बुद्ध युथ क्लव गठन गरिएको बुद्ध युथ क्लव भोटेओडारका निवर्तमान अध्यक्ष जीवनचन्द गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार इन्टरनेशनल बुद्ध युथ क्लवको उपाध्यक्षमा स्वीट्जरल्याण्डमा रहनुभएका धर्म गुरुङ, सचिवमा सानु गुरुङ र कोषाध्यक्षमा मनोज गुरुङ रहनुभएको छ ।
यस्तै, क्लवको जापान संयोजकमा दीपजंग घले, सिसेल्स संयोजकमा हेमन्त गुरुङ, बेलायत संयोजकमा दलबहादुुर गुरुङ, अष्ट्रेलिया संयोजकमा रविन श्रेष्ठ, हङकङ संयोजकमा भक्तबाबु गुरुङ, दक्षिण कोरिया संयोजकमा खग्रेन्द गुरुङ र फ्रान्स संयोजकमा मिलन गुरुङ रहनुभएको बुद्ध युथ क्लव भोटेओडारका अध्यक्ष योगबहादुर गुरुङ (कालु)ले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस