२०८३ भाद्र १५, सोमबार | Mon, 31, Aug, 2026

लमजुङको भोटेओडारमा प्रथम खुल्ला फुटबल प्रतियोगिता हुँदै : प्रथम पुरस्कार दुई लाख रुपैयाँ

  • २०८२ कार्तिक २६, बुधबार मा प्रकाशित ९ महिना अघि
  • लमजुङ-लमजुङको भोटेओडारमा ‘प्रथम भोटेओडार कप सेभेन ए साइड फुटबल प्रतियोगिता’ संचालन हुने भएको छ । स्थानीय बुद्ध युथ क्लवको आयोजनामा डिडिसी खेल मैदानमा आउँदो मंसिर १४ गतेदेखी फुटबल प्रतियोगिता संचालन हुने भएको आज पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।

    सुन्दरबजार नगरपालिका र आससपासका युवाहरुलाई खेलकुदमा सहभागी गराई समाजमा स्वस्थ र सकारात्मक ऊर्जा फैलाउने मुख्य उद्धेश्यले फुटबल प्रतियोगिता संचालन गर्न लागिएको क्लवका अध्यक्ष योगबहादुर गुरुङ कालुले जानकारी दिनुभयो ।

    लमजुङसहित तनहुँ, गोरखा कास्की र स्याङ्जा लगायत विभिन्न ठाउँका गरी बढिमा २२ फुटबल समूह प्रतियागितामा सहभागी हुने क्लवका निवर्तमान अध्यक्ष जीवनचन्द्र गुरुङले जानकारी दिनुभयो ।

    प्रतियोगिता प्रथम हुने समूहलाई नगद दुई लाख रुपैयाँ, कप मेडल र पमाणपपत्र, द्धितीय हुने समूहलाई नगद एक लाख रुपैयाँ, मेडल र पमाणपत्र पदान गरिने क्लवकी सचिव सम्झना तामाङले जानकारी दिनुभयो ।

    यस क्लवले स्थापनाकालदेखी नै खेदकुद क्षेत्रका साथै विभिन्न सामाजिक सेवाका क्षेत्रमा काम गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस