
लमजुङ-गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री एवं प्रवक्ता तथा नेपाली कांगे्रस सभापति डाक्टर टकराज गुरुङले कृषि क्षेत्र विकास बिना मुलुकको समुन्नति नहुने बताउनुभएको छ ।
पोखरामा आज आयोजित ‘एसिया बायोडाइनामिक कन्फेरेन्स हिलिङ हिमालयज्’ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले कृषि क्षेत्रको विकासबाटै रोजगारी सिर्जना गरी घरगाउँमै युवालाई स्वरोजगार र आर्थिक रुपमा आत्मानिर्भर बनाउन सकिने उल्लेख गर्नुभयो ।

‘कृषि बिना हाम्रो समृद्धि सम्भव छैन । कृषि क्षेत्रको विकासबाटै रोजगारी सिर्जना गर्न सकिन्छ । युवाशक्तिलाई देशमै रोक्न सकिन्छ,’ उहाँले भन्नुभयो ।
गण्डकी प्रदेशको विकासको उच्च सम्भावना बोकेको क्षेत्र कृषि र पर्यटन नै रहेको बताउँदै आर्थिक मामिला मन्त्री डा. गुरुङले प्रदेश सरकारले कृषि क्षेत्रलाई नै उच्च प्राथमिकता दिदैँ आएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस