२०८३ भाद्र १५, सोमबार | Mon, 31, Aug, 2026

‘लोक श्वर सम्राट’ राजु परियार लमजुङको सुन्दरबजारमा सम्मानित

  • २०८२ कार्तिक २०, बिहिबार मा प्रकाशित ९ महिना अघि
  • लमजुङ–सुप्रसिद्ध लोक गायक राजु परियारलाई दलित समता समाज सुन्दरबजारले सम्मानित गरेको छ । दलित समुदायको हकहितमा आवाज उठाउँदै आएको सुन्दरबजार नगरपालिका–६ मा रहेको दलित समता समाज परिवारले आज (बिहिबार) सुन्दरबजारमा एक कार्यक्रमको आयोजना गरी गायक परियारलाई सम्मानित गरेको हो ।

    लमजुङको माटोमा जन्मिएर लमजुङको साथै समग्र मुलुककै मौलिक लोक कला, गीत–संगीतको क्षेत्रमा अतुलनीय योगदान पुर्याएबापत ‘लोक श्वर सम्राट’ राजु परियारलाई सम्मानित गरिएको दलित समता समाज सुन्दरबजारका अध्यक्ष अर्जुन परियारले जानकारी दिनुभयो ।

    उहाँसंगै लोक दोहोरी गायिका लुमा केसीलाई पनि समाजले सम्मानित गरेको छ । समाजले आगामी दिनमा पनि उहाँहरुको सफल सांगीतिक यात्राको कामना गरेको छ ।

    आफुहरुलाई सम्मानित गरेकोमा खुशी व्यक्त गर्दै लोक गायक राजु परियारले आफ्नो मनमा सदैव जन्म जिल्ला लमजुङ रहने बताउनुभयो । ‘कर्मले जहाँ रहेतापनि सपना, विपनामा, मेरो मनमा सधैँ मेरो लमजुङ रहन्छ । मौलिक लोक गीत–संगीतकोे पाटो त छदैँछ,’ उहाँले भन्नुभयो ।

    यहीँको माटोमा जन्मे, हुर्केकाले यस जिल्लाको लागि आफ्नो तर्फबाट, क्षेत्रबाट सकेको साथ, सहयोेग सदैव रहने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    लमजुङको बेसीशहर नगरपालिकास्थित चिसापानीमा जन्मनुभएका गायक परियारले झण्डै पन्ध्र हजार बढि गीतमा आफ्नो ‘जादुमयी’ श्वर भर्नुभएको छ ।

    लेखकको बारेमा

  • एक दशक बढी समयदेखी रेडियो, टेलिभिजन र अनलाइन पत्रकारितामा निरन्तर क्रियाशिल श्यामशितल समुन्नति अनलाइनका लागि प्रधान सम्पादक हुनुहुन्छ ।

    लेखकबाट थप
  • प्रतिक्रिया दिनुहोस