२०८३ अषाढ ३२, बिहिबार | Thu, 16, Jul, 2026

अलैँचीको भाउ प्रतिमन १ लाख रुपैयाँ पुग्यो

  • २०८२ कार्तिक १२, बुधबार मा प्रकाशित ८ महिना अघि
  • अलैँचीको भाउ प्रतिमन अर्थात् ४० किलोको एक लाख रुपैयाँ पुगेको छ । व्यवसायीले किसानबाट ‘चालू’ र ‘जेजे’ गरी दुई गुणस्तरको अलैँची खरिद गर्दै आएका छन् । आज जेजे अलैँचीको मूल्य आज एक लाख प्रतिमन कायम भएको हो भने चालू अलैँची ९७ हजार प्रतिमनका दरले खरिदबिक्री भइरहेको नेपाल अलैँची व्यवसायी महासङ्घका अध्यक्ष दीपक नेपालले जानकारी दिनुभयो ।

    बजार मूल्य उच्च हुने भएकाले अलैंचीलाई ‘खोल्साको सुन’ भनेर चिनिन्छ । अध्यक्ष नेपालका अनुसार ४२ जिल्लामा अलैँची खेती हुने गरेको छ ।

    नेपालमा उत्पादित अलैँचीको ९० प्रतिशतमात्र निर्यात हुने गरेको छ । नेपालबाट भारत पुगेको अलैँची त्यहाँबाट ‘ब्रान्डिङ’ भएर विश्व बजारमा पुग्ने गरेको छ ।

    प्रतिक्रिया दिनुहोस