
लमजुङ–नेपाल तरुण दल जिल्ला कार्य समिति लमजुङले ३ महिने तरुण जागरण अभियान शुभारम्भ गरेको छ । नेपाल तरुण दलको ७३ औं स्थापना दिवसको अवसरमा जिल्ला कार्य समितिद्धारा सोमबार आयोजित कार्यक्रमबाट ३ महिने तरुण जागरण अभियान शुभारम्भ गरिएको हो ।

स्थापना दिवसको अवसरमा तरुण दल लमजुङले राइनास नगरपालिका–८ स्थित सर्वोदय सेवाआश्रममा शुभकामना आदानप्रदान, फलफुल तथा खाद्यान्न सामाग्री वितरणसँगै ३ महिने तरुण जागरण अभियानको शुभारम्भ गरेको नेपाल तरुण दल लमजुङका अध्यक्ष कुमराशी गुरुङ (भुपेश)ले जानकारी दिनुभयो ।
उहाँका अनुसार तरुण दलले जिल्लाका चार वटै नगरपालिका र चार वटै गाउँपालिकामा तरुण जागरण अभियान संचालन गर्नेछ । तरुण जागरण तथा प्रशिक्षणात्मक कार्यक्रम पनि सन्चालन गरिनेछ ।
तरुण जागरण अभियान आगामी निर्वाचनमा नेपाली कांग्रेसको जनमत सृजना गर्नमा महत्वपूर्ण अभियानको रुपमा स्थापित हुने तरुण दलका केन्द्रीय सदस्य बृषराज गुरुङले उल्लेख गर्नुभयो ।
कार्यक्रम नेपाली कांग्रेस लमजुङका सभापति एवं गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री एवं प्रवक्ता डा.टकराज गुरुङको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा नेपाली कांग्रेसका पूर्व सभापति कृष्णप्रसाद कोइराला, जिल्ला सचिव कृष्णबहादुर अधिकारी, पूर्व उप सभापति गमप्रसाद गुरुङ, नेपाली कांग्रेस राइनास नगर कार्य समितिका सभापति श्रकृष्ण पौडेल, तरुण दलका केन्द्रीय सदस्य वृषराज गुरुङ, नेविसंघ लमजुङका सभापति दीलिप मगर लगायतले बोल्नुभएको थियो । कार्यक्रमको संचालन नेपाली कांग्रेस लमजुङका सदस्य जीवनचन्द्र गुरुङले गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस