
लमजुङ-लमजुङको सुन्दरबजार नगरपालिका–९, भोटेओडार फूलबारी घर भई हाल युकेमा बस्दै आउनुभएका राजकुमार सुनार (राजशान्ति) र उहाँको धर्मपत्नी शान्ति सुनारले सुन्दरबजार नगरपालिका–४, पुरानाडिही दुराडाँडामा रहेको गाउँफर्क प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सहयोगस्वरुप जुत्तामोजा र शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।
सुनार दम्पत्तिले आफ्नो राजशान्ति फाउण्डेसनमार्फत विद्यार्थीहरुलाई सहयोग प्रदान गर्नुभएको हो ।
विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूका लागि जुत्ता र मोजा वितरण गरिएको र यसअघि नै फाउण्डेसनका तर्फबाट विद्यालयका विद्यार्थीहरूका लागि २५ थान विद्यालय पोशाक वितरण गरिएको फाउण्डेसनका संस्थापक राजकुमार सुनार (राजशान्ति)ले बताउनुभयो ।
यसले विद्यार्थीहरुलाई पठनपाठनमा सघाउ पुग्ने उहाँले बताउनुभयो । विभिन्न सामाजकि सेवाका क्षेत्रमा क्रयिाशलि राज–शान्त िफाउण्डेसनले शक्षिा, स्वास्थ्य, खेलकुद, लगायत अन्य वभिन्नि सामाजकि सेवाका क्षेत्रमा पनि काम गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस