२०८३ आश्विन ३०, शुक्रबार | Fri, 16, Oct, 2026

ऐशेलुचौरमा स्थानीय युवाको सक्रियतामा राखियो १६ फिट अग्लो नेपालको झण्डा

  • २०८२ आश्विन ८, बुधबार मा प्रकाशित १ साल अघि
  • लमजुङ-लमजुङको सुन्दरबजार नगरपालिका–६, ऐशेलुचौरमा स्थानीय युवाहरुको सक्रियतामा पैंतिस फिट अग्लो फलामे पोलमा १६ फिट अग्लो नेपालको झण्डा राखिएको छ ।

    बस्ती बीचमा रहेको पिपल चौतारा नजिकै नेपालको झण्डा राखिएको छ । वडा कार्यालयको सहयोग र स्थानीय युवाहरुको सक्रियतामा गाउँको शोभा बढाउनुका साथै पर्यटन प्रबद्र्धनमा पनि टेवा पुर्याउने उद्धेश्यले नेपालको झण्डा राखिएको स्थानीय युवा राजेन्द्र परियारले जानकारी दिनुभयो ।

     

    आवश्यक भौतिक संरचना निर्माण हुन सके यहाँ पर्यटन विकासको पनि सम्भावना छ । यस ठाउँबाट लमजुङ, तनहुँ गोरखाको विभिन्न ठाउँको अवलोकन समेत गर्न सकिन्छ । त्यसैले पनि गाउँसम्म पुग्नेको संख्या बढ्दो छ ।

    ऐशेलुचौरमा परियार, विक, मगर, तामाङ जातिहरुको बसोबास रहँदै आएको छ । यस गाउँसम्म पुग्ने सडक सुविधा छ । यस गाउँ पुग्न फेदीकुनाबाट पैदल हिँडेर २०/२५ मिनेट र सवारी साधनमा १० मिनेटमै पुग्न सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    ↑