
लमजुङ–लमजुङको दोर्दी गाउँपालिकामा ‘एक वडा, एक रात, एक छाक’ कार्यक्रम सञ्चालन गरिएको छ । गाउँपालिकाले वडा नं. ८ को खिन्चोक गाउँबाट ‘एक वडा, एक रात, एक छाक’ कार्यक्रम सुरुवात गरेको हो ।
पर्यटन विकासको उच्च सम्भावना बोकेका गाउँहरुमा होमस्टको विकास गरी ग्रामीण पर्यटन प्रबद्र्धन गरी स्थानीयको जीवनस्तरमा परिवर्तन ल्याउने उद्धेश्यका साथ गाउँपालिकाले यसैवर्षदेखी ‘एक वडा, एक रात, एक छाक’ कार्यक्रम सञ्चालन गरेको गाउँपालिका उपाध्यक्ष बिच्छबहादुर घलेले जानकारी दिनुभयो ।
गाउँपालिकामा दोर्दी–२, सल्लाबोट, दोर्दी–३, श्रीमञ्ज्याङ लामागाउँ, दोर्दी–६ ताँजे, दोर्दी–७ को लप्सीबोट दैलुङ, दोर्दी–८, टाप गाउँ, खिन्चोक गाउँ, र दोर्दी–९ को माझगाउँ गरी ७ वटा होमस्टेहरु दर्ता गरी सञ्चालनमा ल्याइएका छन् ।
यस कार्यक्रम अन्तर्गत गाउँपालिकाले कार्यपालिकाको घुम्ती बैठकहरु राख्ने, सामाजिक संघ–संस्थाहरुलाई होमस्टे गाउँमा बैठक राख्न तथा घुम्न प्रेरित गर्ने, आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनका कार्यक्रमहरु सञ्चालन गर्नेलगायत कार्यक्रम राखिएका गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो ।
‘एक वडा, एक रात, एक छाक’ कार्यक्रम अन्तर्गत होमस्टे गाउँमा होमस्टे सञ्चालन र व्यवस्थापन सम्बन्धी अन्तरक्रिया, आवश्यक भौतिक पूर्वाधार, पाहुनाको स्वागत÷सत्कार, अर्गानिक खानपान, सरसफाइ लगायतका विषयमा छलफलहरु समेत गरिने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस