
लमजुङ–गायन र मोडलिङमा पाइला सारिरहनुभएकी लमजुङ राइनासकी सृष्टि थापाको नयाँ तीज गीत ‘पितलु मन पर्छ’ सार्वजनिक भएको छ । ‘सृष्टि थापा’ नामक युट्युब च्यानलमार्फत यस गीत सार्वजनिक भएको हो ।
जय देवकोटाको शब्द/संगीत रहेको यस मौलिक तीज गीतमा गायिका सम्झना भण्डारी र सृष्टि थापाले सुमधुर श्वर भर्नुभएको छ ।
गीतको म्युजिक भिडियोमा सृष्टि थापा र सोनी निरौलाले ‘कम्मर’ मर्काएका छन् । सन्तोष कुमालले निर्देशन गर्नुभएको भिडियोलाई उमेशबहादुर शाहले खिच्नुभएको छ । गीतको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गर्नुभएको छ ।
यसअघि पनि थुप्रै गीत/संगीत दर्शक–स्रोतामाझ ल्याइसक्नुभएकी गायिका÷मोडल थापाले यस गीतलाई पनि आम दर्शक–स्रोताले रुचाउनुहुने विश्वास व्यक्त गर्नुभयो । आगामी दिनमा पनि मनछुने गीत/संगीत दर्शक–स्रोतामाझ लिएर आउने उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस