२०८३ कार्तिक १, शनिबार | Sat, 17, Oct, 2026

एचडिसिएस–नमूना सामुदायिक अस्पतालद्धारा ५ हजार जना बढिलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान

  • २०८२ श्रावण १२, सोमबार मा प्रकाशित १ साल अघि
  • लमजुङ-लमजुङको सुन्दरबजार नगरपालिका–६, मा रहेको मानव विकास तथा सामुदायिक सेवा (एचडिसिएस)–नमूना सामुदायिक अस्पतालले पाँच हजार जना बढिलाई निःशुल्क रुपमा विभिन्न स्वास्थ्य सेवा प्रदान गरेको छ ।

    आर्थिक वर्ष २०८१/०८२ मा ‘निःशुल्क स्वास्थ्य सेवा कार्यक्रम’ अन्तर्गत ५ हजार पाँच सय ६४ जनालाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिनुभयो ।

    उहाँका अनुसार यो सेवा पाउनेमा तीन हजार चार सय ४५ महिला र दुई हजार एक सय १९ पुरुष रहेका छन् । ‘गतवर्ष ५६ हजार ८२ हजार सात सय ७० रुपैयाँ बराबरको निःशुल्क सेवा प्रदान गरिएको छ,’ अस्पतालका प्रमुख श्रेष्ठले भन्नुभयो, ‘आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिइनेछ ।’

    आर्थिक अवस्था कमजोर भएका, दुरदराजका नागरिकसम्म सरल, सहज रुपमा स्वास्थ्य सेवाको पहुँच पुर्याउने आफुहरुको उद्धेश्य रहेको उहाँले बताउनुभयो ।

    स्वास्थ्य बिमा कार्यक्रमको अनुमति लिई सेवा प्रदान गर्ने, .विशेषज्ञ स्वास्थ्य सेवाहरु प्रदान गर्ने ., नसर्ने रोग न्यूनीकरण गर्नका लागि अस्पताल, विद्यालय र समुदायमा विशेषज्ञ स्वास्थ्य कार्यक्रम संचालन गर्ने, निर्माणाधीन भवन सम्पन्न विभिन्न विभागहरु स्थानान्तरण गर्ने र निशुल्क स्वास्थ्य शिविर, समुदाय तथा विद्यालय स्वास्थ्य कार्यक्रम संचालन गर्ने अस्पतालको योजना रहेको पनि अस्पताल प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    ↑