२०८३ कार्तिक १, शनिबार | Sat, 17, Oct, 2026

लमजुङको दोर्दी गाउँपालिकामा नि : शुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन हुँदै

  • २०८२ श्रावण ४, आईतबार मा प्रकाशित १ साल अघि
  • लमजुङ-लमजुङको दोर्दी गाउँपालिकामा साउन ८ र ९ गतेका लागि निशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । गाउँपालिका र ओंम समाज डेण्टल अस्पताल, काठमाडौंको प्राविधिक सहयोगमा नौथर सामुदायिक स्वास्थ्य इकाइको प्राङ्गणमा हुने शिविरले ग्रामीण बासिन्दालाई घरदैलोमै दन्त सेवा पुर्याउने लक्ष्य राखेको छ ।

    मुटु फाउण्डेशन नेपाल, मनोज एशोशियसन फ्रान्स र नमस्ते ग्रेनोबल फ्रान्सको समेत सहकार्यमा शिविर सञ्चालन गर्न लागिएको हो । दुईदिने शिविरमा दाँतको सामान्य परीक्षण, सिमेन्ट भर्ने, दाँत उखेल्ने तथा निशुल्क औषधि वितरण लगायतका सेवा प्रदान गरिने गाउँपालिका अध्यक्ष युवराज अधिकारीले जानकारी दिनुभयो ।

    गम्भीर अवस्था भएका विरामीहरूलाई थप उपचारका लागि काठमाडौंस्थित ओंम समाज डेण्टल अस्पतालमा २० प्रतिशत सहुलियतको व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्षका स्वकीय सचिव प्रेमबहादुर गुरुङले बताउनुभयो ।

    दरराजमा रहेका नागिरकलाई लक्षित गरी शिविर आयोजना गरिएको र यसबाट धेरै नागरिक लाभान्वित हुने विश्वास गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    ↑