२०८३ कार्तिक १, शनिबार | Sat, 17, Oct, 2026

दुर्गेश थापाको नयाँ गीतले राख्यो २४ घण्टाभित्र सर्वाधिक भ्यूज पाउने नेपाली गीतको रेकर्ड

  • २०८२ अषाढ २६, बिहिबार मा प्रकाशित १ साल अघि
  • दुर्गेश थापा र सिसन बानियाँको नयाँ गीत ‘जाने भए जाम माया’ले युट्युबमा कीर्तिमान रचेको छ । रिलिजको २४ घण्टाभित्र सर्वाधिक भ्यूज पाउने नेपाली गीतको रेकर्ड यसले बनाएको हो । यो गीत बुधबार बेलुका रिलिज भएको केही घण्टामै ट्रेन्डिङमा आएको थियो ।

    गीतलाई २० घण्टामै १६ लाख ३६ हजारभन्दा धेरै पटक हेरिएको छ । यसअघि यस्तो रेकर्ड विष्णु माझीको गीत ‘आइन आम यो तीजमा’ले राखेको थियो । माझीको गीतलाई रिलिजको दिनमा १५ लाख पटक हेरिएको थियो ।

    दुर्गेशको गीतले रिलिजको २० घण्टामै विष्णु माझीको गीतको उक्त रकर्ड तोडेको हो । यो समाचार लेख्दासम्म दुर्गेशको गीतलाई १८ लाख ९१ हजार भन्दा धेरैपटक हेरिएको छ । यो गीत रिलिज अघिदेखि नै चर्चामा थियो ।

    प्रतिक्रिया दिनुहोस


    ↑