२०८३ अषाढ ३२, बिहिबार | Thu, 16, Jul, 2026

लमजुङको राइनास नगरपालिका–१० द्धारा आरन सुधारका सामग्री वितरण

  • २०८२ अषाढ २३, सोमबार मा प्रकाशित १ साल अघि
  • लमजुङ-लमजुङको राइनास नगरपालिका वडा नं १० ले आरन सुधारका सामग्री वितरण गरेको छ । परम्परागत रुपमा लामो समयदेखी आरन व्यवसाय संचालन गर्दै आएका व्यक्तिहरुलाई आरन सुधारका सामग्री वितरण गरिएको वडा अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो ।

    ‘पुख्र्यौली पेशा संरक्षणका साथै समय र श्रमको पनि वचत हुने भएकोले आरन व्यवसाय संचालन गर्दै आएका व्यक्तिहरुलाई आरनमा प्रयोग हुने आधुनिक सामग्री दिइएको हो,’ वडाअध्यक्ष गुरुङले भन्नुभयो ।

    आगामी दिनमा यस्ता कार्यलाई निरन्तरता दिइने वडा कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस