२०८३ कार्तिक १, शनिबार | Sat, 17, Oct, 2026

बेसीशहर नगरपालिकाद्धारा कृषि क्षेत्रमा योगदान पुर्याएका किसान सम्मानित

  • २०८२ अषाढ २३, सोमबार मा प्रकाशित १ साल अघि
  • लमजुङ-लमजुङको बेसीशहर नगरपालिकाले कृषि क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका किसानहरुहरुलाई नगदसहित सम्मान गरेको छ ।

    नगरपालिकाले चालु आर्थिक बर्षको कार्यक्रमबाट कृषि क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका उत्कृष्ट चार जना किसानलाई जनही ८ हजार नगदसहित सोमबार किसानलाई सम्मान गरेको हो ।

    सम्मानित हुनेमा तरकारी खेती तर्फ बेसीशहर–११ बस्नेत गाउँका सिताराम बिक, मौरी पालन तर्फ बेसीशहर–६ पुमागाउँका यमबहादुर गुरुङ, भैसी पालन तर्फ बेसीशहर–१० भोटेफाँटका कृष्णमाया अधिकारी र बंगुरपालन तर्फ बेसीशहर–६ चनौटेका लक्ष्मी कामी रहेका बेसीशहर नगरपालिकाका पे्रस सल्लाहकार कृष्ण केसीले जानकारी दिनुभयो ।

    कार्यक्रममा नगरप्रमुख गुमानसिंह अर्याल, उपप्रमुख पद्मा गुरुङ, प्रमुख प्रशासकीय अधिकृत चेतनाथ अर्याल र आर्थिक विकास समितिका संयोजक एवं वडा नम्बर ६ का वडा अध्यक्ष प्रकाश थापाले सम्मानपत्र, नगद र टिका लगाएर संयुक्त रुपमा सम्मान गर्नुभएको थियो ।

    त्यसैगरी नगरपालिकाले २० जना किसानलाई उत्पादनमा आधारित अनुदान दिएको छ । चालु बर्षकै कार्यक्रमबाट किसानलाई व्यवसायिक उत्पादनमा प्रोत्साहन गर्न तरकारीमा प्रति किलो आठ रुपैयाका दरले अनुदान दिएको हो ।

    बेसीशहरमा स्थापना भएको ‘किसान घरमा’ मा किसानले तरकारी विक्री गरेको आधारमा अनुदान दिईएको हो । नगरपालिकाले २० जना किसालाई २७ हजार ४० रुपैया उत्पादनमा आधारित अनुदान रकम दिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    ↑