२०८३ आश्विन ३०, शुक्रबार | Fri, 16, Oct, 2026

‘लालीबजार’को शीर्ष भूमिकामा स्वस्तिमा खड्का : फिल्म फागुन १ मा आउने

  • २०८२ अषाढ १०, मंगलबार मा प्रकाशित १ साल अघि
  • अभिनेत्री स्वस्तिमा खड्का फिल्म ’लालीबजार’ मा अनुबन्धित भएकी छन् । निर्माण टिमले मंगलबार स्वस्तिमा फिचर्ड एक पोस्टर सार्वजनिक गर्दै यसबारे जानकारी दिएको हो ।

    ‘जात्रा’ शृङ्खलामार्फत स्थापित भएको ब्यानर षट्कोण आर्टसले निर्माण गर्ने यो फिल्मको प्रदर्शन मिति समेत घोषणा गरिएको छ । फिल्म आगामी फागुन १ गतेदेखि प्रदर्शनमा आउनेछ ।

    सार्वजनिक पोस्टरमा अभिनेत्री खड्का भिन्न देखिएकी छिन् । गर्भवती महिला देखिएता पनि उनको शृंगार र हाउभाउले फरक चित्रण गरेको छ । अर्थात् उनको शारीरिक अवस्था र उनको चाहना पोस्टरमा भिन्न देखाइएको छ । याम थापाको लेखन तथा निर्देशनमा तयार हुने ’लालीबजार’ लाई रवीन्द्रसिंह बानियाँ र म्याक्स दीपेश खत्रीले निर्माण गर्दैछन् भने यसका कार्यकारी निर्मातामा प्रदीप भट्टराई छन् ।

    अभिनेत्री खड्काले फिल्मको कथावस्तु र निर्माण टिमको कारणले आफू नयाँ फरक रूपमा प्रस्तुत हुन तयार भएको बताइन् । आफ्ना अघिल्ला फिल्मभन्दा यसमा भिन्न स्वस्तिमा दर्शकले देख्न पाउने उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    ↑