२०८३ भाद्र १५, सोमबार | Mon, 31, Aug, 2026

अबका केही दिन गण्डकीसहित केही प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

  • २०८२ अषाढ ४, बुधबार मा प्रकाशित १ साल अघि
  • कोशी, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो ठाउँमा अबका केही दिन ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सक्रिय भएसँगै तीन वटा प्रदेशका धेरैजसो ठाउँमा र बाँकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै महाशाखाले सावधानी अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

    मनसुन सक्रिय भए पनि केही दिनदेखि सामान्य अर्थात् किसानका लागि उपयोगी हुने गरी मात्रै पानी परिरहेकोमा अबका केही दिन ठूलो पानीको सम्भावना रहेको हो ।

    यस्तै अहिले देशका पश्चिमी भू–भागमा मध्यमदेखि ठूलो पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी प्रणाली अहिले कोशी, लुम्बिनी र गण्डकी प्रदेशमा सक्रिय रहेकाले आज राति यी प्रदेशहरूमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । बागमती प्रदेशका पनि केही ठाउँमा ठूलो वर्षा हुनसक्ने सम्भावना छ ।

    यसैबीच सिन्धुपाल्चोकको भोटेकोशी र सुनकोशी क्षेत्रमा ‘ठूलो बाढी आउन सक्छ’ भन्ने हल्ला फैलिरहेको भए पनि अहिले त्यस्तो जोखिम नभएको महाशाखाको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस