२०८३ कार्तिक १, शनिबार | Sat, 17, Oct, 2026

लमजुङमा सामुदायिक सुरक्षा जालोको सार्वजनिक सुनुवाइ कार्यक्रम : महिलाहरुको नेतृत्व विकासका लागि पालिका प्रतिबद्ध

  • २०८२ बैशाख २१, आईतबार मा प्रकाशित १ साल अघि
  • लमजुङ–लमजुङको दोर्दी गाउँपालिका–४, नौथर शेरामा सामुदायिक सुरक्षा जालो तथा महिलावादी सुदृढिकरण सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।महिला आपसी सहयोग केन्द्र भारते, लमजुङका अध्यक्ष बिमला भुजेलको अध्यक्षतामा आयोजित कार्यक्रममा दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा जनप्रतिनिधि एवं सरोकारवालाहरुलाई सामुदायिक सुरक्षा जालोका सदस्यहरुले महिला उद्यमशिलताका लागि पालिकाको रणनीति, लैङ्गिक हिंसामा परेका महिलाहरुको न्यायका पक्षमा अघि सारिएका कदम, महिला सहभागिता, नेतृत्व विकास, विपद् जोखिम रोकथाम र नियन्त्रण, महिला तथा युवाको रोेजगार सुनिश्चितता तथा महिला लक्षित बजेट र बजेटको कार्यान्वयन र प्रभावकारी लगायतका विषयमा जिज्ञासा राखेका थिए ।

    सहभागीहरुका जिज्ञासालाई गाउँपालिका अध्यक्ष अधिकारीसंगै दोर्दी गाउँपालिकाका उपाध्यक्ष बिच्छबहादुर घले, प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्ले, स्वास्थ्य शाखा, दोर्दी गाउँपालिकाका प्रमुख आइतमान गुरुङ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा, दोर्दी गाउँपालिकाका प्रमुख रञ्जु विश्वकर्मा लगायतका जनप्रतिनिधि एवं सरोकारवालाहरुले सम्बोधन गर्नुभएको हो ।

    कार्यक्रमकै अवसरमा दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले दोर्दी गाउँपालिकामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति तयारी प्रकृयामै रहेको, यसका लागि आफुहरुलाई प्राविधिक सहयोग आवश्यक पर्ने र यसो भएमा आफुहरु रणनीति बनाई महिलाहरुको हक–हितका साथै उनीहरुमा नेतृत्व विकास गर्न पालिका प्रतिबद्ध रहेको प्रतिबद्धता जनाउनुभएको छ ।

    सार्वजनकि सुनुवाई कार्यक्रममा दोर्दी गाउँपालिकाका विभिन्न वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न शाखाका प्रमुख एवं प्रतिनिधि, टेवाका अनुगमन अधिकृत खुश्बु कायस्थका साथै  सामुदायिक सुरक्षा जालोका सदस्यहरुको उलेख्य उपस्थिति रहेको थियो ।

    टेवाका कार्यक्रम अधिकृत सरस्वती श्रेष्ठले कार्यक्रममाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सहजीकरण पत्रकार श्यामशितल परियारले गर्नुभएको हो ।

    टेवाका कार्यक्रम अधिकृत श्रेष्ठका अनुुसार सामुदायिक सुरक्षा जालो तथा महिलावादी सुदृढिकरण कार्यक्रम सातै प्रदेशका विभिन्न २१ जिल्लामा संचालन छन् । यस कार्यक्रम लमजुङको दोर्दी गाउँपालिकामा विगत ३ वर्षदेखी संचालनमा छ ।

    प्रतिक्रिया दिनुहोस


    ↑