२०८३ भाद्र १४, आईतबार | Sun, 30, Aug, 2026

लमजुङकी प्रतिमा गुरुङ ‘रिज्नल फोकल प्वाइन्टस् फर एसिया रिजन’को रुपमा निर्वाचित

  • २०८१ चैत्र २६, मंगलबार मा प्रकाशित १ साल अघि
  • लमजुङ–लमजुङको राइनास नगरपालिका १० निवासी प्रतिमा गुरुङ ‘रिज्नल फोकल प्वाइन्टस् फर एसिया रिजन’को रुपमा निर्वाचित हुनुभएको छ ।

    राष्ट्रिय आदीवासी जनजाति अपांग महिला संघ नेपाल (निडवान) नेपालको अध्यक्ष प्रतिमा गुरुङ विषगत समूह–प्रकोप जोखिम न्यूनीकरण (Thematic Group-Disaster Risks Reduction (TG-DRR) अन्तर्गत एसिया क्षेत्रको लागि ‘रिज्नल फोकल प्वाइन्टस् फर एसिया रिजन’को रुपमा निर्वाचित हुनुभएको हो ।

    शैक्षिक एवं सामाजिक सेवाका क्षेत्रमा निरन्तर जुटिरहनुभएकी गुरुङले आफुले पाएको यस जिम्मेवारीलाई प्रभावकारी रुपमा निर्वाह गर्ने उल्लेख गर्नुभएको छ ।

    प्रतिक्रिया दिनुहोस