
लमजुङ–लमजुङको मध्यनेपाल नगरपालिका १ र २ जोड्ने खहरे खोलामा मोटरेवल पुल बन्ने भएको छ । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री एवं प्रवक्ता तथा नेपाली कांग्रेस, जिल्ला कार्य समिति लमजुङका सभापति डाक्टर टकराज गुरुङको विशेष पहलमा बजेट विनियोजन भएसंगै मध्यनेपाल नगरपालिका १ र २ जोड्ने खहरे खोलामा मोटरेवल पुल बन्ने हुने भएको हो ।
यस पुल निर्माणका लागि टेण्डर समेत आव्हन भइसकेको पूर्वाधार विकास कार्यालय, लमजुङले जनाएको छ । खहरे खोलामा मोटरेवल पुल निर्माण भएसंगै आउजाउमा सहज हुनुका साथै स्थानीय नागरिकको जन–जीविकामा पनि टेवा पुग्नेमा अर्थमन्त्री डा. गुरुङले विश्वास व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस