२०८३ आश्विन ३०, शुक्रबार | Fri, 16, Oct, 2026

अर्थमन्त्री डा. गुरुङको पहलमा लमजुङको प्यारजुङ–दूधपोखरी सडक पिच हुँदै : टेण्डर आव्हन

  • २०८१ चैत्र १३, बुधबार मा प्रकाशित १ साल अघि
  • लमजुङ–लमजुङको प्यारजुङ–दूधपोखरी सडक पिच (कालोपत्रे) हुने भएको छ । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री एवं प्रवक्ता तथा नेपाली कांग्रेस, जिल्ला कार्य समितिका सभापति डाक्टर टकराज गुरुङको विशेष पहलमा बजेट विनियोजन भएसंगै जिल्लाको राइनास नगरपालिका–१० प्यारजुङ र दूधपोखरी गाउँपालिका–५ जोड्ने प्यारजुङ–दूधपोखरी सडक पिच (कालोपत्रे) हुने भएको हो ।

    यस सडक पिचका लागि टेण्डर समेत आव्हन भइसकेको पूर्वाधार विकास कार्यालय, लमजुङले जनाएको छ । यस सडक पिच भएसंगै सवारी आवागमनमा सहज हुनुका साथै स्थानीय नागरिकको जनजीविकामा पनि टेवा पुग्नेमा अर्थमन्त्री डा. गुरुङले विश्वास व्यक्त गर्नुभएको छ ।

    प्रतिक्रिया दिनुहोस


    ↑