२०८३ आश्विन ३०, शुक्रबार | Fri, 16, Oct, 2026

अर्थमन्त्री डा. गुरुङको पहलमा सर्वोदय सेवाआश्रम जाने बाटो ढलान हुँदै : आउ–जाउमा सहज हुने

  • २०८१ चैत्र ५, मंगलबार मा प्रकाशित १ साल अघि
  • लमजुङ–लमजुङको राइनास नगरपालिका–८, हर्राबोटस्थित सर्वोदय सेवाआश्रम धर्मनाथ धाम जाने बाटो ढलान हुुने भएको छ । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री एंव प्रवक्ता तथा नेपाली कांग्रेस लमजुङका सभापति डाक्टर टकराज गुरुङको पहलमा यसपटक आश्रमसम्म जाने एक सय ९३ मिटर बाटो पक्की ढलान हुने भएको हो ।

    मन्त्री डाक्टर गुरुङको पहलमा पूर्वाधार विकास कार्यालय लमजुङमार्फत बीस लाख रुपैयाँ विनियोजन भएको र काम अघि बढाइएको सर्वोदय सेवाआश्रम धर्मनाथ धामका संस्थापक अध्यक्ष कृष्णराज ओलियाले बताउनुभयो । उहाँका अनुसार स्थानीय रामचन्द्र माझीको अध्यक्षतामा गठित उपभोक्ता समितिमार्फत काम सुरु भएको हो ।

    मुख्य अफ्ठ्यारो खण्ड यसैपटक ढलान गरेपछि बाँकी खण्डको ढलान कार्यका लागि पनि सघाउने मन्त्री डाक्टर गुरुङले बताउनुभयो । बाटो ढलानसंगै आउ–जाउमा निकै सहज हुने सर्वोदय सेवा आश्रमले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    ↑