लमजुङ–यही चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुँदैछ । विभिन्न विद्यार्थी संगठनहरु यतिबेला आफ्नो पक्षमा जीत हात पार्न जुटिरहेका छन् । विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवार, सम्बन्धित विद्यार्थी संगठन र पार्टीका नेताहरु आफु पक्षीय विद्यार्थी संगठनको पक्षमा मतदान गरी विजयी गराउन विभिन्न माध्यमबाट अपिल गरिरहेका छन् ।
यसैगरी, गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री एवं लमजुङ कांग्रेस सभापति डाक्टर टकराज गुरुङले पनि लमजुङस्थित विभिन्न क्याम्पसमा नेविसंघबाट उम्मेदवारी दिएकाहरुलाई मतदान गरी विजयी गराउन आग्रह गर्नुभएको छ ।

उहाँले लमजुङको बेसीशहरस्थित मस्र्याङ्दी बहुमुखी क्याम्पस, सुन्दरबजारस्थित लमजुङ कृषि क्याम्पस, मातृभूमि बहुमुखी क्याम्पस र भोटेओडारस्थित भक्ति आदर्श बहमुखी क्याम्पसका नेविसंघ र स्ववियु निर्वाचनमा नेविसंघबाट उम्मेदवारी दिएकाहरुलाई प्रत्यक्ष भेटी अग्रिम जीतको शुभकामना समेत दिनुभएको छ । साथै उहाँले शैक्षिक विकासका साथै विद्यार्थी हक–हितमा सदैव जुट्न नेविसंघलाई आग्रह गर्नुभएको छ ।
स्ववियु निर्वाचनमा मस्र्याङ्दी बहुमुखी क्याम्पस, बेसीशहरमा नेविसंघबाट सभापतिमा पूर्णबहादुर गुरुङ, सचिवमा सन्तोष विक, कोषाध्यक्षमा जमुना श्रेष्ठ, सदस्य (प्रत्यक्षतर्फ) सगुन कडेँल, वर्षा रिमाल, होमिना गुरुङ, साजन थापा, प्राश्ना धिताल र सदस्य (समानुपातिकतर्फ) सुनिल भट्ट, रोशन श्रेष्ठ, जिना अधिकारी, मनिता सुनारले उम्मेदवारी दिनुभएको छ ।

यसैगरी, लमजुङ कृषि क्याम्पस, सुन्दरबजारमा नेविसंघबाट सभापति पदमा असिम वस्ती, सचिवमा विवेक सिंह, कोषाध्यक्षमा हेमनारायण रसाइली, सदस्य (प्रत्यक्षतर्फ) अफजल अन्सारी, आर्ची पाठक, अवसर अधिकारी, आयुष्का गौतम, विविका थापा मगर र सदस्य (समानुपातिकतर्फ) आशिष पौडेल, शोभित चिलवाल, प्रकृति पाण्डेय, महम्मद जाखेर आलम, प्रतिक्षा भट्टराई, निरुता थामी, सुभम पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यस्तै, भक्ति आदर्श बहुमुखी क्याम्पस, सुन्दरबजारमा स्ववियु सभापतिमा नेविसंघबाट सुशिल अधिकारी, सचिवमा अर्पणा अधिकारी, कोषाध्यक्षमा निशु गुरुङ, सदस्य (प्रत्यक्षतर्फ) सुजाता कार्की, अनिशा ढुंगाना, मन्दिरा घिमिरे र सदस्य (समानुपातिकतर्फ) अभय श्रेष्ठ, चन्द्रबहादुर गुरुङ, सुरज श्रेष्ठ, सौरभ अधिकारी, किरण गुरुङ उम्मेदवार हुनुहुन्छ ।

साथै, मातृभूमि बहुमुखी क्याम्पस, सुन्दरबजारमा नेविसंघबाट सभापतिमा विशाल थापा, सचिवमा सरला अधिकारी, कोषाध्यक्षमा अन्जली विक, सदस्य (प्रत्यक्षतर्फ) अस्मिता पौडेल, प्रियंका क्षेत्री, रक्षा पौडेल र सदस्य (समानुपातिकतर्फ) सन्दिप थापा, टेलिसा गुरुङ, विज्ञान कोइराला, खिमकुमारी गुरुङ र सरिना तामाङले उम्मेदवारी दिनुभएको छ ।

आफुहरुलाई मतदान गरी निर्वाचनमा जिताउन आग्रह गर्दै नेविसंघले क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धिका साथै देखिएका समस्या समाधान र विद्यार्थीहरुको हक–हितमा निरन्तर लागिरहने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

एक दशक बढी समयदेखी रेडियो, टेलिभिजन र अनलाइन पत्रकारितामा निरन्तर क्रियाशिल श्यामशितल समुन्नति अनलाइनका लागि प्रधान सम्पादक हुनुहुन्छ ।
लेखकबाट थप
प्रतिक्रिया दिनुहोस