
सुवास मजाकोटी/समुन्नति अनलाइन
लमजुङ–राइनास प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् को आंगिक शिक्षालयका रूपमा रहेको राइनास बहुप्रविधिक शिक्षालयमा ‘प्राविधिक शिक्षाको आवश्यकता र महत्व’ विषयमा सरोकारवालाबीच अन्तरक्रिया गरिएको छ ।
प्राविधिक शिक्षाको आवश्यकता र महत्व उजागर गर्दै शिक्षालयको समग्र पक्षको विकासमा टेवा पुर्याउने लक्ष्यका साथ यस कार्यक्रम संचालन गरिएको आयोजक समेत रहेको शिक्षालयले जनाएको छ ।
कार्यक्रमकै अवसरमा शिक्षालयका प्रमुख कृष्ण देवकोटाले शिक्षालयको गतिविधि तथा भविष्यका योजनाबारे प्रस्तुतिकरण दिनुभएको थियो । कार्यक्रमकै अवसरमा सरोकारवालाहरुले प्राविधिक शिक्षाको आवश्यकता र महत्वबारे आ-आफ्ना धारणा राखेका थिए ।

सिटिइभिटि, गण्डकी प्रदेश कार्यालयका प्रमुख कल्पकुमार बस्नेतको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा राइनास नगरपालिकाका प्रमुख खड्काबहादुर गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा लमजुङका प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङ, गोरखा पोलिटेक्निक इन्स्टिच्युटका प्रमुख, ग्रामीण तालिम केन्द्र प्रमुख, विभिन्न विद्यालयका प्रधानाध्यापक, सञ्चालक समिति सदस्य, वडा अध्यक्ष, छिमेकी पालिकाका शिक्षा प्रमुख, कृषि ज्ञान केन्द्रका प्रतिनिधि, सहकारीका अध्यक्ष, समाजसेवी एवं बुद्धिजिविहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सुमन अधिकारी र सुवास सिग्देलले गर्नुभएको हो । प्राविधिक सहयोगीका रुपमा सरोज घिमिरे रहनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस