
लमजुङ-लमजुङको मध्यनेपाल नगरपालिका–७, करापुटारस्थित प्रसिद्ध इशानेश्वर महादेव मन्दिर परिसरमा ऐतिहासिक गौरीकुण्ड निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको दश लाख अनुदान सहयोग र स्थानीयको जनश्रमदानबाट आकर्षक रुपमा गौरीकुण्ड निर्माण गरिएको हो ।

नवनिर्मित गौरीकुण्डको एक कार्यक्रमकाबीच गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री एंव प्रवक्ता तथा नेपाली कांग्रेस लमजुङका सभापति डाक्टर टकराज गुरुङले समुद्घाटन गरिसक्नुभएको छ ।

नविनिर्मित ऐतिहासिक गौरीकुण्डले दर्शनार्थीको ध्यान खिच्नुका साथै यस क्षेत्रको धार्मिक पर्यटन प्रर्बद्धनमा समेत टेवा पुग्ने मन्त्री गुरुङले उल्लेख गर्नुुभयो ।

प्रतिक्रिया दिनुहोस