२०८३ आश्विन ३०, शुक्रबार | Fri, 16, Oct, 2026

लमजुङ : स्थानीय तहमा कृषि शिविर संचालन, किसानलाई कृषि कार्यमा सघाउने उद्धेश्य

  • २०८१ माघ ९, बुधबार मा प्रकाशित १ साल अघि
  • लमजुङ(बेसीशहर)-कृषि ज्ञान केन्द्र लमजुङले स्थानीय तहमा कृषि शिविर संचालन गरेको छ । जिल्लाभित्रका किसानलाई कृषि कार्यमा सहजीकरण गर्ने उद्धेश्यले केन्द्रले स्थानीय तहमा कृषि शिविर संचालन गरेको छ ।

    केन्द्रले मंगलबार कार्यालय परिसरमा कृषि शिविर आयोजना गरेको हो । बाली संरक्षण प्रयोगशाला पोखराका डा. शालिकराम अधिकारी सहितको ३ जनाको प्राविधिक टोली र कृषि ज्ञान केन्द्र लमजुङको प्राविधिक टोलीले संयुक्त रुपमा किसानहरुलाई सेवा प्रदान गरेका कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदिप खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार किसानहरुको बालीमा देखिएका रोग-किराको समस्या पहिचान गरी आवश्यक परामर्श प्रदान गर्ने हेतुले शिविर आयोजना गरिएको हो ।

    जिल्लामा संचालीत १ दिने शिविरमा सुन्तलामा ‘ग्रिनिङ’ रोगको समस्या, बगैंचा व्यवस्थापनसंग सम्बन्धित समस्या, अकबरे खुर्सानीमा फल कुहिने समस्या धेरै पाइएको बाली संरक्षण प्रयोगशाला पोखराका डा. अधिकारीले बताउउनुभयो ।

    उहाँका अनुसार जिल्लामा गोलभेँडामा ‘नेमाटोड’ समस्या, काउली, बन्दामा फेद कुहिने रोग, अलैंचीमा गुभो कुहिने रोग तुलनात्मक रुपमा धेरै देखिएको डा. अधिकारीले बताउनुभयो । शिविरमा यस सिजनमा हुनसक्ने विभिन्न प्रकारका कृषि बाली समस्याहरुको पहिचान गरी आवश्यक परामर्श समेत प्रदान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    ↑