२०८३ जेष्ठ १७, आईतबार | Sun, 31, May, 2026

गण्डकी प्रदेशका अर्थमन्त्री डाक्टर गुरुङद्धारा राउटेलाई आर्थिक सहयोग प्रदान

  • २०८१ मंसिर ८, शनिबार मा प्रकाशित १ साल अघि
  • लमजुङ–गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री एवं प्रवक्ता डाक्टर टकराज गुरुङले राउटे समुदायलाई आर्थिक सहयोग प्रदान गर्नुभएको छ । गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रालयसम्म सहयोग माग्दै आएका राउटे समुदायका ७ जनाको टोलीलाई उहाँले मन्त्रालयका तर्फबाट नगद पन्ध्र हजार आर्थिक सहयोग प्रदान गर्नुभएको हो ।

    मंसिरमा आफुहरुको ठूलो चाड पर्ने र चाडपर्वको लागि खर्च जुटाउन भन्दै सुर्खेतदेखी सहयोग माग्न बिहिबार राउटे समुदायका अगुवा आर्थिक मामिला मन्त्री डा. गुरुङलाई भेट्न आएका थिए । सहयोग प्रदान गर्दै मन्त्री गुरुङले राउटे समुदायको वर्तमान अवस्थाबारे पनि जानकारी लिनुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस