
लमजुङ–लोक गीत–संगीत क्षेत्रमा निरन्तर क्रियाशिल लोकप्रिय गायिका अस्मिता डल्लाकोटीको ‘नरोउ है आमा’ बोलको गीत सार्वजनिक गरिएको छ । शिव सुवेदी नामक युट्युब च्यानलमार्फत यस गीत सार्वजनिक गरिएको हो । शिव सुवेदीले कोर्नुभएको शब्दमा नन्दु परियारले संगीत भर्नुभएको छ । पूर्ण संयोगको एरेञ्ज रहेकोे गीतमा अस्मिता डल्लाकोटीको श्वर छ ।
आमा र छोरीबीचको मायालाई दर्शाइएको गीतको भिडियोमा हिउँवाला गौतम, गायिका अस्मिता डल्लाकोटीको सशक्त अभिनय देख्न सकिन्छ । भिडियोमा शक्तिकुमार गोदार लगायतका कलाकार ‘फिचर्ड’ छन् । राजेश घिमिरेको छायांकन, शिव पौडलेकोे सम्पादन रहेको गीतको भिडियोको निर्देशन कपिल लामाले गर्नुभएको हो ।
सार्वजनिक गीत र गीतको भिडियोलाई दर्शक/स्रोताले रुचाएका छन् । राम्रो प्रतिक्रिया जनाएका छन् । आफ्ना अन्य गीतलाई झैँ यस गीतलाई पनि माया गरिदिन गायिका अस्मिताले सबैमा आग्रह गर्नुभएको छ । आगामी दिनमा पनि दर्शक स्रोताका रोजाइलाई ध्यानमा राखी सांगीतिक कोशेली पस्कदैँ जाने गायिका अस्मिताले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस