२०८३ आश्विन ३०, शुक्रबार | Fri, 16, Oct, 2026

गायक नवीन पौडेल र गायिका श्रीदेवी देवकोटाको सांगीतिक प्रस्तुतीमा झुमे लमजुङे

  • २०८१ भाद्र २३, आईतबार मा प्रकाशित २ साल अघि
  • लमजुङ–लोक गीत-संगीत क्षेत्रमा निरन्तर क्रियाशिल लोकप्रिय गायक नवीन पौडेल र गायिका श्रीदेवी देवकोटाले लमजुङेलाई छमछमी नचाएका छन् । लमजुङको सुन्दरबजार नगरपालिका–९ भोटेओडारस्थित कृष्ण बगैँचामा शुक्रबार आयोजित तीज विशेष कार्यक्रमको अवसरमा उनीहरुले आफ्ना सांगीतिक कोशेलीमार्फत लमजुङेलाई छमछमी नचाएका हुन् ।

    कार्यक्रमममा गायक नवीन र गायिका श्रीदेवीले मौलिक तीज गीतका साथै आफ्ना विभिन्न गीतहरु गाउनुभएको थियो । उहाँहरुको सांगीतिक प्रस्तुतीमा लमजुङे दर्शक/ स्रोता झुमेका थिए । मौलिक गीत-संगीतको उर्वर भूमी लमजुङमा आई सांगीतिक प्रस्तुती दिन पाउँदा आफुहरुलाई निकै खुशी मिलेको गायक नवीन र गायिका श्रीवदेवीले बताउनुभयो ।

    हातेमालो मूल आमा समूह भोटेओडार र लमजुङ उद्योग वाणिज्य संघ भोटेओडार इकाईको संयुक्त आयोजनामा यस तीज विशेष कार्यक्रम आयोजना गरिएको थियो ।
    कार्यक्रममा गण्डकी पदेशका आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै मन्त्री गुरुङले मौलिक कला, परम्परा, संस्कार–संस्कृतिको संरक्षणमा सबै लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

    मौलिक संस्कृति संरक्षणका लागि तीजको अवसरमा तीज विशेष कार्यक्रम संचालन गरिएको हातेमालो मूल आमा समूहकी अध्यक्ष मनु पन्त खत्रीले बताउनुभयो ।

    कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको भन्दै उद्योग वाणिज्य संघ भोटेओडार इकाईका अध्यक्ष प्रकाश डौलियाले सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।
    कार्यक्रममा विभिन्न राजनीतिक दल, संघसंस्थाका प्रमुख एवं प्रतिनिधिका साथै दर्शक-स्रोताको उलेख्य उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    ↑