२०८३ कार्तिक १, शनिबार | Sat, 17, Oct, 2026

पत्रकार बिक्रम सुनार र प्रीति आलेको ‘निगाली झाँपो’ गीत सार्वजनिक

  • २०८१ भाद्र १०, सोमबार मा प्रकाशित २ साल अघि
  • लमजुङ–पत्रकार विक्रम सुनार र गायिका प्रीति आलेको सुमधुर श्वर रहेको ‘निगाली झाँपो’ बोलको गीत सार्वजनिक भएको छ । सुनारको यस सांगीतिक कोसेली कमल थापा युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

    पत्रकारितका साथै गीत–संगीत क्षेत्रमा निरन्तर क्रियाशिल सुनारले यसअघि पनि आफ्ना केही गीतहरू बजारमा ल्याइसक्नुभएको छ । ‘निगाली झाँपो’मा भुवन विकेको लय/शब्द रहेको छ । गीतमा विकेले नै संगीत संयोजन गर्नुभएको छ ।

    यस गीतको म्युजिक भिडियोमा अस्मिता रणपाल, यशु भट्टराई, अजय विके, भुवन विके, बिक्रम सुनार लगायत ‘फिचर्ड’ छन् । म्युजिक भिडियोको निर्देशन कमल थापाले गर्नुभएको हो । सुमन थापा र विकास थापाले भिडियो खिच्नुभएको हो । भिडियो सम्पादन भने सुमन थापाले गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस


    ↑