२०८३ कार्तिक १, शनिबार | Sat, 17, Oct, 2026

लमजुङको भोटेओडारमा खुल्ला तीज गीत प्रतियोगिता हुँदै : तयारी सुरु

  • २०८१ भाद्र ४, मंगलबार मा प्रकाशित २ साल अघि
  • लमजुङ–लमजुङको सुन्दरबजार नगरपालिका–९ भोटेओडारस्थित कृष्ण बगैँचामा खुल्ला तीज गीत प्रतियोगिता संचालन हुने भएको छ । हातेमालो मूल आमा समूह भोटेओडार र लमजुङ उद्योग वाणिज्य संघ भोटेओडार इकाईको संयुक्त आयोजनामा आउँदो भाद्र २१ गते शुक्रबार खुल्ला तीज गीत प्रतियोगिता संचालन हुन लागेको होे ।

    हातेमालो मूल आमा समूह भोटेओडार र लमजुङ उद्योग वाणिज्य संघ भोटेओडार इकाईको आज (मंगलबार) बसेको संयुक्त बैठकले तीजको दिन ‘खुल्ला तीज गीत प्रतियोगिता २०८१’ संचालन गर्ने निर्णय गरेको लमजुङ उद्योग वाणिज्य संघ भोटेओडार इकाईका अध्यक्ष प्रकाश डौलियाले जानकारी दिनुुभयो ।

    उहाँका अनुसार प्रतियोगिता संचालनको लागि आवश्यक तयारी अघि बढाईएको छ । मौलिक संस्कृति संरक्षणका लागि तीजको अवसरमा तीज गीत प्रतियोगिता सञ्चालन गर्न लागिएको हातेमालो मूल आमा समूहकी अध्यक्ष मनु पन्त खत्रीले बताउनुभयो ।

    प्रतियोगितामा प्रथम हुनेलाई नगद बीस हजार, प्रमाणपत्र, द्धितीया हुनेलाई नगद पन्ध्र हजार, प्रमाणपत्र, तृतीया हुनेलाई नगद दश हजार, प्रमाणपत्र प्रदान गरिनेछ । सान्त्वना समूहलाई नगद दुई हजार, प्रमाणपत्र र उत्कृष्ट नृत्यकारलाई नगद दुई हजार प्रमाणपत्र प्रदान गरिने उहाँले बताउनुभयो ।

    प्रतियोगिताका अवसरमा ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको पनि सांगीतिक प्रस्तुती रहनेछ । यस प्रतियोगिताको अफिसियल मिडियाको रुपमा ‘समुन्नती अनलाइन डट् कम’  रहनेछ ।

    प्रतिक्रिया दिनुहोस


    ↑