२०८३ आश्विन ३०, शुक्रबार | Fri, 16, Oct, 2026

अभिनेत्री अरुणिमा लम्सालले कांग्रेस नेतासँग कसिन् लगनगाँठो

  • २०८१ भाद्र ४, मंगलबार मा प्रकाशित २ साल अघि
  • काठमाडौं-अभिनेत्री अरुणिमा लम्सालले कांग्रेस नेता युवराज श्रेष्ठसँग विवाह गरेकी छन् । सोमबार काठमाडौंको बत्तीसपुतलीस्थित राम मन्दिरमा यी दुईले लगनगाँठो कसे । श्रेष्ठ बराहक्षेत्र नगरपालिका, चतरा सुनसरीका स्थानीय कांग्रेस नेता हुन् । उनी बराहक्षेत्र नगर कमिटीका उपसभापति समेत हुन् । निकट आफन्त र परिवारको उपस्थितिमा उनीहरुले मन्दिरमा विवाह गरेको जनाइएको छ ।

    उनीहरुले मागी विवाह गरेको बताइएको छ । केही दिनअघि यी दुईजनाले सुनसरी जिल्ला अदालतमा कोर्ट म्यारिज समेत गरिसकेका छन् । अदालती विवाहपछि मन्दिरमा धार्मिक विधिअनुसार पूजा गरेका हुन् ।

    लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी अरुणिमाको यो दोस्रो विवाह हो । केही समयअघि एक अन्तर्वार्तामा उनकी आमा भावु लम्सालले छोरीको विवाह हुन लागेको संकेत गरेकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस


    ↑