२०८३ भाद्र १५, सोमबार | Mon, 31, Aug, 2026

‘दीपक मनाङे’ को प्रस्तुति रहने फिल्म ‘कंगारु’मा स्वस्तिमा अनुबन्धित

  • २०८१ भाद्र ३, सोमबार मा प्रकाशित २ साल अघि
  • फिल्म ‘कंगारु’को शीर्ष अभिनेत्रीमा स्वस्तिमा खड्का अनुबन्धित भएकी छन् । सोमबार निर्मातासँग उनले लिखित समझदारी गरेकी छन् ।
    सम्राट बस्नेतले निर्देशन गर्ने यो फिल्ममा यसअघि केदार घिमिरे, जितु नेपाल र अर्पण थापा अनुबन्धित भैसकेका छन् । गण्डकी प्रदेशका मन्त्री समेत रहेका राजिव गुरुङ ‘दीपक मनाङे’को प्रस्तुति रहने फिल्ममा स्वस्तिमासँगै कलाकारको लाइनअप बलियो बनेको छ ।

    फिल्ममा अनुबन्धित भैसकेपछि आफू उत्साहित भएको खड्काले बताइन् । यसअघि ‘लाखे’ निर्देशन गरेका बस्नेतले यो फिल्मलाई सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गर्न लागिएको बताए ।

    दशैंपछि यो फिल्मको छायांकन अष्ट्रेलियाको सिड्नी, न्यूकासल, क्यानबेरा लगायतका थलोमा गर्ने तयारी छ । दर्शकले नयाँ कथा देख्न पाउने निर्देशक बस्नेतले बताए ।
    यो फिल्म फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग एसजिटी प्रोडक्सन प्रालिसँगको सहकार्यमा निर्माण हुन लागेको हो ।

    फिल्ममा प्रेम थापा, धनबहादुर गुरुङ र मनोज भण्डारी निर्माताको रुपमा हुनेछन् । सह-निर्मातामा अन्जन दुरा र लक्ष्मी राई हुनेछन् । कार्यकारी निर्माता टीका भण्डारी हुन् । फिल्ममा सीमा गुरुङको कथा छ । छाँयाकार सुशन प्रजापति हुन् ।

    प्रतिक्रिया दिनुहोस