
काठमाडौं-निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको फिल्म ‘नरसिंहा अवतार’ मा कलाकारको रोचक लाइनअप तयार भैरहेको छ । अहिलेसम्म निर्माताले तीनजना कलाकार फाइनल गरेका छन् जसमा राजेश हमाल, नीति शाह र सनिशा भट्टराई छन् । यो सूचीमा पाका अभिनेता सरोज खनाल पनि थपिएका छन् ।
शनिबार सार्वजनिक कास्टिङअनुसार खनाल र डेब्यु कलाकारको रुपमा दीपा शाही फिल्ममा जोडिएका हुन् । उनीहरुको भूमिकाबारे खुलाइएको छैन ।
यो फिल्मबाट ८ वर्षपछि अभिनेता हमाल फिल्ममा फर्किंदैछन् । हमालको कमब्याकबारे चर्चा भैरहेको बेला उनीसँग सरोज खनाल पनि एउटै फिल्ममा देखिने कुराले फ्यान उत्साही हुने पक्का छ ।
प्रतिक्रिया दिनुहोस