२०८३ आश्विन २९, बिहिबार | Thu, 15, Oct, 2026

माध्यमिक तहको अध्यापन अनुमति पत्रका लागि आवेदन खुल्यो

  • २०८१ श्रावण २८, सोमबार मा प्रकाशित २ साल अघि
  • काठमाण्डौ – शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाका लागि आवेदन फाराम खुलाएको छ । आयोगले भदौ २३ गतेसम्म एक हजार रुपैयाँ नियमित दस्तुरमा र ३० गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्ने गरी फाराम खुलाएको हो ।

    शिक्षक सेवा आयोग नियमावली ९संशोधनसहित० २०५७ को नियम ९ को उपनियम ९१० को खण्ड (ग) र नियम ९ को उपनियम ९७० बमोजिम तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारले आवेदन दिन सक्ने आयोगले निकालेको सूचनामा उल्लेख छ ।

    आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणालीमार्फत अनलाइन दरखास्त दिन अनुरोध गरेको छ । अनलाइन दरखास्तमा आवेदन गर्दा व्यक्तिगत विवरण एवम् तोकिएका कागजातहरू पेश गरेपछि परिवर्तन नगर्न आयोगले सुझाव दिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    ↑