
लमजुङ–लमजुङको सुन्दरबजार नगरपालिका वडा नं २ परेवाडाँडास्थित मणिडाँडामा परेवाको प्रतिक निर्माण गरिएको छ । पर्यटकलाई आकर्षित गर्ने उद्धेश्यले गत आर्थिक वर्षमा सात लाखको लागतमा परेवा जोडीको प्रतिक निर्माण गरिएको वडाध्यक्ष नवीनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उक्त स्थानलाई पार्क र पिकनिक स्थलका रूपमा विकास गर्दै आकर्षक पर्यटकीय गन्तव्य बनाउने योजनाअनुरूप पूर्वाधार निर्माणका काम भइरहेको वडा कार्यालयले जनाएको छ । अहिले परेवा जोडीको प्रतिक हेर्न आउनेको संख्या बढ्दै गएको छ ।
यस्तै, मणिडाँडामा रहेको मणि चौताराको मर्मत तथा स्तरोन्नति, नेपालको ठूलो झण्डा राख्ने, आँपका रूखहरुमा म्युजिक सिस्टम जडान गर्ने, पिकनिक स्पोर्टका लागि आवश्यक पर्ने भौतिक संरचना, शौचालय, खानेपानीलगायतको संरचना निर्माण गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस